ब्यानर न्युज


साताको अन्तिम दिन नेप्सेमा ३१.३१ अंकको गिरावट

  पोखरा । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से ३१.३१ अंकले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेर बन्द भएको हो । बिहीबार ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँ बराबरको...

काठमाडौँमा छविलाल जोशीको बयान सुरु

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीको काठमाडौँमा बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा जोशीको बयान सुरु भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि उनको बयान सुरु भएको...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र...

पोखरामा आज फेरि बढ्यो गोलभेडाँको भाउ, प्याजको कति छ ? (हेर्नुस सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा आज फेरि गोलभेडाँको भाउ बढेको छ । आज सानो गोलभेँडा के.जीको ९१ रुपैयाँ देखि १०९ रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । हिजो सानो गोलभेडाँ ८२ रुपैयाँ...

पोखराबाट नियमित अन्तराष्ट्रिय उडानका लागि प्रधामन्त्रीलाई ध्यानाकर्षण

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध...

गण्डकीसहित तीन प्रदेशका पहाडी भागमा हल्का वर्षाको सम्भावना

पोखरा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा...

द्वन्द्व पीडित भन्छन्, ‘न्यायको प्रतिक्षा गर्दागर्दै थाक्यौं, कहिले पाउँछौं न्याय ?

पोखरा । बृहत शान्ति सम्झौता भएको नै १८ वर्ष पूरा भएको छ । यसको स्मरणमा हरेक वर्ष ५ मंसिरमा विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै कार्यक्रम हुने गर्छन् । यस वर्ष पनि देशैभर विभिन्न कार्यक्रम भए र पीडितहरुले न्याय नपाएको गुनासो र आक्रोस दुबै पोखे । पोखरामा...

पोखरामा गत वर्षभन्दा १० करोड बढी राजश्व संकलन (भिडियो)

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले प्रथम चौमासिक अवधि (साउन देखि कात्तिकसम्म) मा गत वर्षभन्दा ७ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माका अनुसार गत आर्थिक वर्षको यो अबधिमा एक अर्ब ३८ करोड, ७२...

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५...