ब्यानर न्युज


विपद् जोखिम बढेको भन्दै ‘हाईअलर्ट’मा बस्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण...

पोखरामा मादक पदार्थ सेवन गरेर स्कुल बस हाँक्ने ६ जना चालक नियन्त्रणमा

पोखरा । पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गरेको  चेकजाँमा आइतबार बिहान ६ जना स्‍कुल बसका चालकले मापसे मापसे गरेर  चलाइरहेको अवस्थामा फेला पारेको हो । पोखराको चाइनपुल...

कक्षा १२ को पूरक परीक्षाको रुटिन सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो। बोर्ड,...

प्रतिनिधिसभा बैठक : आज सांसदका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...

आज पनि बढ्यो सुन र चाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । मंगलबार छापावाल सुनको भाउ तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार...

यस्तो छ आज पोखरामा ताजा तरकारीको थोक मूल्य

पोखरा । कृषि उपज थोक बजार मन्डी, शान्तिवन पोखराले मंगलबारका लागि थोक मूल्य निर्धारण गरेको छ । निर्धारित मूल्य अनुसार रायो साग प्रति मुठाको मूल्य ५० रुपैयाँ देखि ६० रुपैयाँ रहेको छ । पालक साग प्रति मुठा ८० रुपैयाँ देखि १०० रुपैयाँमा कारोबार भएको...

यी प्रदेशका केही स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी...

समयमा आयोजनाहरु सम्पन्न गराउन लागि परेका छौं : कार्यबहाक प्रधानमन्त्री सिंह

पोखरा । कार्यबहाक प्रधानमन्त्री एवं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्झौता भए अनुरुप समयमा आयोजनाहरु सम्पन्न गराउन सरकार लागि परेको बताएका छन् । सोमबार पोखरामा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित कार्यालय भवनको...

गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धीको विधेयकसहित दुई विद्येयक प्रमाणीकरण

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई वटा विद्येयक प्रमाणीकरण गरेका छन् । मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित भएको छ । यस्तै ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५...