ब्यानर न्युज


म्याग्दीमा केही मिनेटको अन्तरमा लगातार दुई पटक भूकम्पको धक्का

काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान केही मिनेटको अन्तरमा लगातार दुईवटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको मुरी केन्द्रबिन्दु भएर बिहान ९ बजेर २६ मिनेट जाँदा दोस्रो भूकम्प गएको हो । यसको तीव्रता ३.६ म्याग्निच्युड...

बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गुम्यो, ६ जना घाइते

पोखरा । बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गुमेको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...

गण्डकी र कोशीका केही उच्च भागमा हिमपात हुने

पोखरा । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा छ । तराईका थोरै स्थानहरुमा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक...

ट्रम्पले फ्रड भनेको यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिजाइन भइरहेकै अवस्थामा यूएसएडका तीन कार्यक्रम रोकिएका छन् । सोमबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सञ्चालन गर्न लागेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण...

हाम्रो पार्टी एमसीसीको पक्षमा कहिल्यै थिएन : नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले यस्तो बताएका हुन् । ‘एकीकृत समाजवादीका...

राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन १८ गतेका लागि राखिएको छ । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार र बुधबार बैठक बस्ने उल्लेख छ । यी बैठकका लागि...

आज मन्त्रिपरिषद् बैठक बस्दैं

काठमाडौँ । आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद् बैठक आह्नवान भएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

परिवारले दियो सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको शङ्कास्पद मृत्युबारे प्रहरीमा जाहेरी परेको छ । शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई...

प्रतिनिधिसभाको बैठक आज पनि

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आव २०८०/०८१'पेस गर्ने...