ब्यानर न्युज


पोखराको अटो सोरूममा युवतीको जलेको शव फेला

पोखरा । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ। सोरूमको आगो निभाउने क्रममा बुधबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरेका छन् ।गण्डकी प्रदेशका...

पोखराको सडकमा सेनाको कडाइ

पोखरा । निषेधाज्ञा जारी गरेपनि पोखराको सडकमा सर्वसाधरण स्वतस्र्फुत रुपमा हिड्न थालेपछि नेपाली सेनाले कडाई गर्न थालेको छ । विशेष गरी कास्की जिल्लाका सरकारी निकाय लगायत संवेदनशील क्षेत्रमा सेनाले कडाइ गरेको छ। महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, पृथ्वीचोक,...

बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको ज्यान गयो

काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको ज्यान गएको छ ।घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार ज्यान गुमाउनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका...

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको ज्यान गुम्यो

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको ज्यान गुमेको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको ज्यान गुमेको बताइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत...

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कर्फ्यु

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जानकारी दिएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो...

भरतपुर कारागारबाट पनि बाहिरिए कैदीबन्दी

काठमाडौं । भरतपुर कारागारका कैदीबन्दी पनि बाहिर बाहिरिएका छन् । प्रदर्शनकारीहरुले भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरुलाई भगाएका हुन् । बुधबार विहान कारागार पुगेका प्रदर्शनकारीले तोडफोड गर्दै कैदीहरुलाई भगाए । कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि...

राति १० बजेपछि सुरक्षाको नेतृत्व नेपाली सेनाले लिने

पोखरा । नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ । सैनिक सूचना तथा जनसम्पर्क...

जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी, बाहिरियो प्रहरी

पोखरा । जेनजी प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्की नियन्त्रणमा लिएर आगजनी र तोडफोड गरेका छन् । साँझ करिव ५ बजेदेखि प्रहरी र प्रदर्शनकारीको झडप भएपनि करिव ८ः३० बजे प्रहरी बाहिरिएसंगै प्रदर्शनकारीले प्रहरी कार्यालय कब्जामा लिएर आगो लगाएकाका हुन्...

जेनजीको सहयोगमा कास्की कारागारबाट भागे कैदीबन्दी

पोखरा । जेनजी प्रदर्शनकारीको सहयोगमा कास्की कारागारका कैदीबन्दी कारागार तोडेर भागेका छन् । साँझ परेपछि जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेर भागेको प्रहरी स्रोतले जनाएको छ । जेनजी आन्दोलनकर्मी कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत...