ब्यानर न्युज


ललिता निवास प्रकरणः आजदेखि थुनछेक बहस सुरु

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि थुनछेक बहस सुरु भएको छ । थुनामा रहेका १८ प्रतिवादीहरुको वयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सुरु भएको हो । अहिले सरकारी वकिलको तर्फबाट...

गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही...

यति र वाइडबडी काण्डमा कांग्रेस र माओवादीकै संलग्नता छ : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यति र वाइडबडी काण्डमा कांग्रेस र माओवादीको संलग्नता रहेको बताएका छन् । शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यति र वाइबडीको नाम...

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु

  काठमाडौं । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको छ । नेकपा माओवादी केन्द्रले तीन महिनासम्म चल्ने बताएको यो अभियानको अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान उद्घाटन गरेका हुन्। माओवादी...

४८ एसपीको सरुवा, को कहाँ ? (सूचिसहित)

पोखरा । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो । कास्कीका अजय केसी नेपाल प्रहरी अगंरक्षक गणमा नक्साल काठमाडौं सरुवा भएका छन् । कास्की...

चीन भ्रमणमा गण्डकीका ५ एजेण्डा समावेश गर्न प्रधानमन्त्रीसंग माग, के–के छन् एजेण्डा ?

  पोखरा । पोखराका व्यावसायिक तथा सामाजिक संघ–संस्थाहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा एयरपोर्टको लागि चीनले दिएको ऋणलाई अनुदानमा बदल्नको लागि पहल गर्न आग्रह गरेका छन् । सवै संघ/ संस्थाको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार...

‘खानकै लागि चन्दा माग्न छाड्यौं, तीन वर्षमा पार्टी चलाउन चन्दा माग्दैनौं’

पोखरा । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अबको तीन वर्षमा आफ्नो पार्टी आत्मनिर्भर हुने र पार्टी सञ्चालनका लागि चन्दा माग्न नपर्ने अवस्थामा पुग्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले शुक्रबार साँझ गरेको स्वागत एवं छलफल कार्यक्रममा बोल्दै...

पोखरा विमानस्थलबाट सिधै चीन उडान, रुइला र कोरला नाका खोल्ने एजेण्डा

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा विमानस्थलबाट चीनका विभिन्न सहरमा उडानका लागि चीनसंग छलफल गरिने बताएका छन् । यस सम्बन्धमा आसन्न चीन भ्रमणका लागि एजेण्डा तय भएको उनले बताए । समाजवादी मोर्चाको पोखरामा भएको...

समाजवादी मोर्चामा कम्युनिष्ट नै कम्युनिष्ट छौं : माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चामा कम्युनिष्ट नै कम्युनिष्ट रहेको बताएका छन् । पोखरामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा माओवादी केन्द्र, आफूहरु...