श्रीमानले यौन दुर्व्यवहार गरेको भन्दै श्रीमतिसंग ५० लाख बार्गेनिङ !

केन्द्रभाग मिडिया

पोखरा ।

श्रीमानले यौन दुरव्यवहार गरेको भन्दै श्रीमतिसंग ५० लाख रुपैयाँ बार्गेनिङ गर्ने तीन जना कास्की प्रहरीको फन्दामा परेका छन् । पोखरा ४ गैह्रापाटनको एक सुनचाँदी पसलमा काम गर्ने एक युवतीले आफूलाई साहुजीले यौद दुव्र्यवहार गरेको भन्दै आफ्ना दुई जना केटा साथी बलाएर पसल सञ्चालककी श्रीमतिसंग ५० लाख रुपैयाँ बार्गेनिङ गरेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा पोखरा १५ टुटुंगाकी २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर बताउने ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी २ बस्ने ४० वर्षीय टेकबहादुर सुवेदी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरकी नायव उपरीक्षक हरिवहादुर बस्नेतका अनुसार उनीहरुले सुनचाँदी पसल सञ्चालककी श्रीमतिलाई पोखरा ६ लेकसाईड स्थित एक होटलमा बोलाई ‘जिन्दगीभर पुग्ने धनसम्पत्ती, बस्ने घर तथा व्यवसायको लागि प्रवन्ध गरी दिनुहोस् होइन भने हामी तिम्रो श्रीमानका विरुद्धमा विभिन्न मुद्दा मामिला गरी सडाई दिन्छौ’ भन्ने धाकधम्की दिएको र ५० लाख रुपैयाँ मागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट आपराधिक विश्वातघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा दिन ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ ।

  • २९ जेष्ठ २०८२, बिहीबार १८:५७ प्रकाशित