ब्यानर न्युज


प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो ।काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा...

जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक, केएमसीमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको ज्यान गएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप...

प्रहरीको गोली लागेर पोखरामा पनि एक घाइते

पोखरा । प्रहरीको गोली लागेर पोखरामा पनि एक जना घाइते भएका छन् । मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई उपचार गराउन अस्पताल लगिएको छ ।

पोखरामा पनि लाग्यो कर्फ्यु

पोखरा । जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेकी हुन् । बाँकी विवरण आउन बाँकी छ । पोखरामा जेनजी प्रदर्शनकारीले गण्डकी प्रदेशका...

जेन्जी प्रर्दशन : प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गयो

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ । सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अस्पतालका...

जेन-जी प्रदर्शन : प्रहरीद्धारा काठमाडौंमा गोली प्रहार , पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते

काठमाडौं । बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 'हामी नेपाल संस्थाले माइतीघरमा शिविर राखेर घाइतेहरूको...

जेन–जीको प्रदर्शनका कारण राष्ट्रिय सभा बैठक स्थगित

जेन–जीको प्रदर्शनका कारण राष्ट्रिय सभा बैठक स्थगित भएको छ। राष्ट्रिय सभा बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ। जेन–जीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ। माइतीघर–तीनकुने मुख्य सडक र भित्री सडक प्रदर्शनकारीले...

काठमाडौंमा कर्फ्यु लाग्यो

काठमाडौं। जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो। प्रदर्शनकारीहरु निशेधित...

प्रदर्शनमा उत्रिएका जेनजीले संसद् भवन घेरे

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन् । माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वर तर्फ अघि बढेका हुन् । निषेधित...