ब्यानर न्युज


आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ...

आज ४३ औँ बीपी स्मृति दिवस मनाइयो

काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा...

गण्डकी, कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत...

नेताहरूलाई ओलीको चेतावनी : भने,‘विद्या भण्डारीको प्रवक्ता नबन्नुस’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिएका छन् । पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई...

सिन्धुलीको महादेव मन्दिर परिसरमा तीर्थयात्रीबीच झगडा हुदाँ चक्कु प्रहार, एकको हत्या

काभ्रेपलाञ्चोक । सिन्धुलीको महादेव मन्दिर परिसरमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको हत्या भएको हो । सोमबार मध्यान्ह मन्दिर...

पोखरामा कोरोना सङ्क्रमणबाट एक जनाको ज्यान गयो

पोखरा । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले यसको पुष्टि गरेका हुन् । ‘७४ वर्षको महिला उपचारका लागि आउनुभएको रहेछ । ८ दिन अघि कोरोना डिकेक्ट भएको र हिजो मृत्यु भयो भन्ने आएको...

एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी विधानका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत हुनेछ । पार्टी स्थायी कमिटी सदस्य तथा...

गण्डकीसहित यी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश...

आज साउनको पहिलो सोमबार, देशभरको शिव मन्दिरमा घुइँचो

पोखरा । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पोखरासहित देशभरका शिवमन्दीरमा व्रतालु तथा श्रद्धालु भक्तजनको बिहानै देखि भिड लागेको छ । देशकै प्रशिद्ध मन्दिर पशुपतिनाथ दर्शनका लागि व्रतालु...