ब्यानर न्युज


‘समृद्धि सीमित व्यक्ति वा समूहका लागि हुनु हुँदैन’ : पूर्वराष्ट्रपति विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि केवल सीमित व्यक्ति वा समूहका लागि नभई आम जनताले महसुस गर्ने गरी हुनुपर्नेमा जोड दिएकी छिन् । नेपाल खबरको आयोजनाका भएको ‘राइजिङ नेपाल समिट’मा प्रमुख वक्ताको रूपमा बोल्दै भण्डारीले भनिन्,...

माधव नेपाल र विप्लवबिच आलोकनगरमा भेट

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो छलफल भइरहेको विप्लवको सचिवालयले जनाएको...

रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले...

आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै छापावाल सुन...

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना : २ जनाको घटनास्थलमै ज्यान गयो

धनगढी । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ। गाउँपालिकाको पाँच नम्बर वडाको क्युडीमा जिप दुर्घटना भएको हो। वडाअध्यक्ष प्रदीप बुढथापाका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमै ज्यान गएको हो। घटनाबारे थप विवरण...

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१–२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१–२०८२ मा नेपालले दुई खर्ब रुपैयाँ ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु...

मनसुनी वायुको प्रभाव कमजोर, दुई प्रदेशमा भने भारी वर्षा हुने

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया...

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय : एमाले

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वतस् निष्क्रिय भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय...

म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने संकल्पप्रति दृढ’ रहेको बताएका छन् ।बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाप दिँदै उनले यस्तो बताएका हुन्...