ब्यानर न्युज


प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक आन्दोलन अघि बढाउन ओलीको आह्वान

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना र संविधानलाई लयमा फर्काउन सडक आन्दोलन अघि बढाउने प्रस्ताव पेश गरेका छन् । मंगलबारबाट सुरु भएको पार्टीको केन्द्री कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा...

संविधान रक्षाका लागि के गर्नुपर्छ गर्छु : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि काम गर्ने बताएका छन् । आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आयोजित सर्वदलीय बैठकमा सभामुख घिमिरेले सो कुरा बताएका हुन् । जेनजी युवा आन्दोलनपछि गरिएको संसद विघटनबारे नेताहरुको...

एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताए । ‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको...

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको ज्यान गयो

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको ज्यान गएको हो । उनीहरुको उपचारका...

सभामुखले बोलाएको बैठकमा यी चार दल सहभागी भएनन्

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सहितका चार दल सहभागी भएनन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जारी बैठकमा सभामुखले १० राजनीतिक दललाई बोलाएकोमा चार दल अनुपस्थित...

छिट्टै सेवा दिने तयारीमा जिल्ला मालपोत कार्यालय कास्की

पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीले छिट्टै आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । नेपाल कानुन व्यवसायी एसोसिएसन पोखरा इकाईको सहयोगमा दुई वटा कार्यालय भवन निर्माण भएर हस्तान्तरण भएसंगै कार्यालयले तिहार अगाडि नै आफ्नो अत्यावस्यकीय सेवा सञ्चालनमा ल्याउने...

मधेश प्रदेशमा कांग्रेस-एमाले बाहेकको सरकार बनाउने कसरत

काठमाडौं । मधेस प्रदेशमा कांग्रेस-एमालेलाई बाहेकको सरकार गठनको तयारी भएको छ । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठनको लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत...

कोशीका केही स्थानमा पानी पर्ने, अन्यत्र कस्तो रहला मौसम ?

पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी...

फोरेन्सिक जाँचबाट विपिन जोशीसहित दुई जनाको शव पुष्टि

काठमाडौं । इजरायल डिफेन्स फोर्सले फोरेन्सिक जाँचबाट नेपाली विपिन जोशीसहित दुई जनाको शव पुष्टि भएको जनाएको छ । हमासको नियन्त्रणमा मारिएका इजरायली नागरिक गाय इलौज र नेपाली विद्यार्थी विपिन जोशीको शव प्राप्त भएपछि फोरेन्सिक जाँच हुँदा उनीहरूको शव पुष्टि...