शिक्षा


नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित

काठमाडौं । नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन्। उनी अध्यक्षका अर्का उम्मेदवार गोकर्णबहादुर बानियाँलाई हराउँदै विजयी भएका हुन्। गिरीले ३०५ मत ल्याएर विजयी भए भने बानियाँले २९८ मत मात्रै ल्याएका थिए। शिक्षक संघ नेपाली कांग्रेसको...

कलेज ट्रान्सफर हुन नपाउने निणर्य तत्काललाई स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने...

अब भाषा मात्रै वा डिप्लोमा पढ्न विदेश जानेलाई एनओसी नदिने

सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका ल्याएको छ।अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान नपाउने भएका छन् । यसअघि भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थी विभिन्न देश जाने गर्दथे। सरकारले फागुन १८...

एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ

एउटै परीक्षा केन्द्रबाट एसईईका परीक्षा दिन गएका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान स्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट एसईईका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । विहीबार...

राजनीतिशास्त्र विभागमा उत्कृष्ट नतिजा ल्याउने ३ जनालाई छात्रवृत्ती प्रदान

पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराको स्तानतकोत्तर कार्यक्रममा राजनीतिशास्त्र अध्ययन गरि उत्कृष्ठ नतिजा हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । शेर बहादुर–पुर्ण कुमारी–गणेश बहादुर गुरुङ अक्षयकोषले २० औँ साधारणसभाको अवसरमा मंगलबार ३...

मेयरको सत्तामा एसइई परीक्षा दिने नक्कली विद्यार्थी पक्राउ

जनकपुरधाम । रौतहटमा एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कमल नाताले मेयर कानुका ज्वाई पर्ने खुल्न आएको छ...

एसईईको प्रश्नपत्र १५ मिनेटमै फेसबुकबाट आउट

जनकपुरधाम । बारामा एसईई परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो । प्रश्नपत्र कसले आउट गरेको...

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यका कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त...

एसईई आजदेखि सुरु, गण्डकीबाट ४३ हजार १ सय ६४ परीक्षार्थी सहभागी

काठमाडौं । यसवर्षको एसईई परीक्षा आजदेखि सुरू भएको छ। एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका छन् । परीक्षा आज बिहान ८ बजेदेखि सुरू भएको छ । आजदेखि सुरु भएको परीक्षा चैत २९ गते सकिनेछ । यता गण्डकी प्रदेशबाट ४३...