प्रमुख समाचार


जेठ ४ मा स्थानीय तहको चुनाव

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ। आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच समझदारी भएको छ । आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच आज भएको छलफलमा यस्तो समझदारी...

गण्डकी अपडेटः एक संक्रमितको मृत्यु, आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार थप १ संक्रमितको मृत्यु भएको छ। ज्यान जानेमा कास्की अन्नपूर्ण गाउँपालिका ४ की ८४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार...

जेठ ४ मा चुनाव गर्नुपर्ने निर्वाचन आयोगको जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच अहिले छलफल हुदैँछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन जेठ ५ गतेभित्रै हुर्नुपर्ने भन्दै ताकेता गर्दै आइरहेको छ। यसैबीच आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव देउवासमक्ष...

प्रम देउवाले भने,‘ चुनाव जेठमै हुन्छ, तयारी अवस्थामा रहनुस्’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठमै हुने जिकिर गरेका छन् । चुनाव धकेल्न अझै पनि बहानाबाजी गरिरहेको भन्दै आलोचना भइरहेको बेला देउवाले चुनाव जेठमै हुने भन्दै तयारी अवस्थामा रहन पार्टीका नेता...

सोनाम ल्होछारमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय...

पूर्वमन्त्री सुवेदीको निधन

रोल्पा । पूर्वमन्त्री रेगबहादुर सुवेदीको निधन भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–६ गजुलका ८२ वर्षका सुवेदीको आज बिहान आफ्नै निवासमा निधन भएको हो । पञ्चायतकालमा रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य बनेका सुवेदी २०३९ सालमा भूमिसुधार सहायक मन्त्री...

यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिबाट यसको प्रभाव अझै बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको अनुसार पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको...

फेवा तालको मापदण्ड मिचेर बनेको संरचना हटाउन मन्त्रीसहित पुग्यो महानगर

पोखरा । पोखरा १८ खपौदी स्थित फेवातालको किनारमा बनेको संरचना हटाउन पोखरा महानरपालिकाले निर्देशन दिएको छ । तालको मापदण्ड विपरीत अतिक्रमण गरि पर्खाल बने पछि महानगरले पर्खाल भत्काउन निर्देशन दिएको हो । गण्डकी प्रदेश सरकारका उर्जा मन्त्री हरिशरण आचार्य सहित...

गण्डकी अपडेटः संक्रमित भन्दा निको हुने झण्डै दोब्बर, आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित बन्ने भन्दा झन्डै दोब्बर संक्रमित निको भएका छन् । ४२७ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ९०० जना भने निको भएका छन् ।१३९३ जनाको परीक्षण गर्दा ११ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले...