प्रमुख समाचार


स्याङ्जाको अर्खलाबासमा जिप दुर्घटना, थप विवरण आउन बाकीँ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका– १४ अर्खलाबासमा सवारी दुर्घटनामा भएको छ । ददुर्घटनाको विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय स्याङजाले जिप दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको छ । दुर्घटनानमा घाइते भएका १७ जनाको गर्हौँ प्राथमिक उचार केन्द्रमा...

मतदानपछि देउवाले भने गठबन्धनले कांग्रेस कमजोर भएको छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन्...

सिन्धुपाल्चोको ज्यामिरेमा स्थिति नियन्त्रणमा लिन सेना परिचालन

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–४ मतदानका क्रममा तनाव भएको छ । अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली...

भोजभतेर भोजभतेर गर्नेतिर निर्वाचन आयोगको ध्यान पुगेनः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा पैसा बाँड्ने र भोज गरेर मतदाता प्रभावित गर्नेप्रति निर्वाचन आयोगले ध्यान दिन नसकेको बताएका छन्। रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसा बाँडेर भोज खुवाउनेको...

मतदानपछि प्रचण्डले भने : रेनुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् । भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट...

धनराज आचार्यले गरे मतदान

पोखरा । पाँच दलीय गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी धनराज आचार्यले मतदान गरेका छन् । आचार्यले पहिलो मतदाताको रुपमा मतदान गरे । उनले ३३ नम्बर वडाको शान्तिउदय मावि केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । ।  यस्तै मेयर र उपमेयर पदकााा अन्य उम्मेदवारले पनि मतदान...

स्वतन्त्र उम्मेदवार गनेश पौडेलले गरे मतदान

पोखरा । अटेरी अभियानका मेयर पादका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले मतदान गरेका छन् । पोखरा– १४ स्थित रामेश्वरी माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। यस्तै नेकपा एमालेको तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण बहादुर थापाले मतदान...

एमाले उम्मेदवार थापाले गरे मतदान

पोखरा । नेकपा एमालेको तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण बहादुर थापाले मतदान गरेका छन् । थापाले १६ नम्बर वडाको बिन्धवासीनी मावीमा मतदान गरेका हुन् । यस्तै अन्य दलका उम्मेदवारले पनि मतदान सुरु भए लगत्तै मतदान गरेका छन् ।

मतदानकै क्रममा दोलखामा गोली चल्यो

मतदानकै क्रममा दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप...