बुटवल । उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा काँग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ । एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ।
मनाङका दुई गाउँपालिकामा जितेर नेपाली कांग्रेस र नेकपा एमालेले आआफ्नो खाता खोलेका छन् । नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् भने चामे गाउँपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र बहादुर घलेले विजय हासिल गरेका छन्...
मनाङ । मनाङको चामे गाउँपालिकामा नेकपा एमालेलेल विजयी सुरुवात गरेको छ । चामे गाउँपालिकाको अध्यक्ष एमालेका लोकेन्द्रबहादुर घलेले विजयी भएका हुन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएक हुन् । उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली...
मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् । निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३०...
नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ । सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा...
पोखरा । प्रदेशका ११ वटै जिल्लाका ८५ वटै पालिकामा मतदान शान्तिपूर्णरुपमा समयमा सम्पन्न भएको छ । प्रदेशमा ६५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जानकारी दिएको छ । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले ६५ प्रतिशत मतदान...
रौतहट । रौतहटको यमुनामाई गाउपालिकामा मतपेटिका लुटिएको छ। यमुनामाई गाउँपालिकाको दुई वटा मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो। प्रहरीका अनुसार चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा २ को भेडियाही टोलीबाट मपेटिका लुटिएको प्रहरीले जनाएको छ। यमुनामाईमा जनता...
काठमाडौं । आज भईरहेको मतदान सकिएपछि आज शुक्रबार बेलुकादेखि नै मतगणना सुरु हुने भएको छ । पालिका चुनाव अन्तर्गत देशभ अहिले मतदान भइरहेको छ । आज बेलुका ५ बजेसम्म मतदान हुने भनिए पनि त्यो समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइनेछ...
पोखरा । गण्डकीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । गोरखाको एक मतदान केन्द्रबाहेकका अन्य सबै मतदान केन्द्रमा सौहार्दपूर्ण वातावरणमा मतदान भईरहेको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा ५० प्रतिशत मत खसेको प्रदेश...