प्रमुख समाचार


माओवादीका केन्द्रीय सदस्य थपिए, को–को परे? सूचीसहित

काठमाडौं । नेकपा माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन् । जसअनुसार ९७ जना केन्द्रीय...

ललितपुरमा दुई दिने शिशुसहित एकै परिवारका ५ जना मृत भेटिए

काठमाडौं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जना मृत अवस्थामा भेटिएका छन् । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाले जनाएको छ। कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा सोमबार...

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, आज पदाधिकारीको टुंगो लाग्ला ?

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आइतबार बस्न नसकेर सारिएको बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालयले जानकारी दिएको छ। बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ । पार्टीको पदाधिकारी, स्थायी समिति,...

श्रीमानद्धारा आफ्नै श्रीमती माथि ‘एसिड’ प्रहार

काठमाडौं । भक्तपुरमा श्रीमानले आफ्नै श्रीमतीमाथि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरको अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु...

माधव नेपालले भने,‘ओलीको बितन्डा कति सहने, संसद भंग गरौँ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।आइतबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् । संसद्‌मा एमालेले...

महाभियोग सिफारिस समिति गठनः को–को परे समितिमा ? नामसहित

काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा महाभियोग सिफारिस समिति गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो । समितिमा संसद्...

प्रतिनिधिसभा बैठक जारीः महाअभियोग सिफारिस समिति गठन हुँदै

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए–नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि महाअभियोग सिफारिस समिति गठन...

माओवादीमा भागबण्डा मिलेनः आजको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको बताइएको छ । आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान...

दमौलीमा भिषण आगलागीः हेलिकप्टर र दमकलबाट पानी खन्याउँदा पनि नियन्त्रणमा आएन

तनहुँ । तनहुँको दमौली बजारमा भिषण आगलागी भएको छ । बिहान सवा १० बजेबाट लागेको आगो झण्डै तीन घण्टा सम्म पनि नियन्त्रण सकेको छैन । दमौली चोकस्थित भुपाल हार्डवेयरबाट फैलिएको आगोबाट ४ वटा घर जलेको उनले बताए । मानवीय क्षति भने भएको छैन । सिम्रिक एयरको हेलिकप्टरले...