काठमाडौं ।
प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए–नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि महाअभियोग सिफारिस समिति गठन हुने भएको भएको छ ।
एमालेको सहभागिताबिना बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अग्नि सापकोटाले सिफारिस समिति गठनको प्रस्ताव लगेका छन् ।
संविधानको धारा १०१ अनुसार प्रतिनिधिसभाका ११ जना सदस्य रहेको सिफारिस समिति गठन हुने बताइएको छ ।