प्रमुख समाचार


प्रमुख सचेतकहरुसँग आज प्रधानमन्त्रीले राय लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल गर्ने भएका छन । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान ९ बजे बालुवाटारमा बोलाईएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र...

मुख्यमन्त्री र प्रतिपक्षी नेताको एउटै स्वर : ‘संघ सत्तापक्ष, प्रदेश प्रतिपक्ष’

पोखरा । गण्डकी प्रदेशसभा स्थापना भएको ५ वर्ष पुरा भएको छ । स्थापना दिवशको अवसरमा प्रदेशसभा भवन परिषरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री, मन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासहित पूर्व मुख्यमन्त्री र पूर्वसभामुख समेतले संघ सरकारले प्रदेशलाई अधिकार नदिएर...

सरकारलाई समर्थन यथावत : रास्वपा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले जानकारी...

एमाले अध्यक्ष ओलीको प्रश्न ‘रविले न्याय नपाएपछि कसले न्याय पायो ?’

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ओलीले एउटा प्रक्रियागत त्रुटीका कारण रविको उपप्रधानसहित गृहमन्त्री र सांसद पद गुमेको भन्दै...

न्युरोडका ठाउँ ठाउँमा डिभाइडर नराख्न व्यवसायीको दबाव

पोखरा । पोखराको सभागृह चोक देखि चिप्लेढुंगाको वीपीचोकसम्म निर्माण गरिँदै गरेको डिभाइडर ठाउँ ठाउँमा नराख्न व्यवसायीहरुले दबाव दिएका छन् । डिभाइडर राख्दा व्यवसाय चौपट हुनेभन्दै आफू अनुकुल डिभाइडर नराख्न व्यवसायीले दवाव दिएका हुन् । पोखरा महानगरका वरिष्ठ...

नेपालको पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । पारिवारिक स्रोतको अनुसार जबराको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ । जबराले संयुक्त...

राष्ट्रपतिमा सहमति नभए विचार मिल्ने दलहरूसँग मिलेर जाने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिएकाले यो वा दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने शनिबार सम्पन्न स्थायी कमिटी बैठकले निर्णय माओवादीको...

राष्ट्रपतिको चुनावपछि सत्तासमिकरण टिक्न सक्दैन : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्तासमिकरण टिक्न नसक्ने दाबी गरेका छन् । शनिबार ललितपुरमा पार्टीको पाँचौँ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका विषयमा अहिले नै खटपट सुरु...

सिंगो देश माओवादी आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन्। आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण...