प्रमुख समाचार


कांग्रेसको निर्वाचन परिचालन समितिमा को – को परे ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार आइतबार ११० सदस्यीय “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका हुन् । कांग्रेस...

निर्वाचन आयोगले मन्त्री चौधरीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत दाङको थारु बस्तीमा बाढी पीडितका नाममा राहतअन्तर्गत चामल बाँडेको भन्दै आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो । ‘निर्वाचन आचारसंहिता २०७९ को दफा...

प्रतिगमनको खतरा अझै छ सतर्क बनौँ : देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् । काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने , ‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै मिल्नुको विकल्प छैन ।’ चुनावमा...

प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध, पोखराको पर्यटन क्षेत्र मारमा

पोखरा । प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार पोखरा सराङकोटमा राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी त्रिभुवन आर्मी क्लवका २६ वर्षीय निसिम थापाको निधन भए पछि नागरिक उड्डयन...

नवौं राष्ट्रिय खेलकुद : १०० मिटर माथिबाट खस्दा प्याराग्लाइडिङ खेलाडीको ज्यान गयो

पोखरा । पोखरामा भइरहेको नवौं खेलकुद प्रतियोगितामा एक खेलाडीको ज्यान गएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङकोटमा भइरहेको प्याराग्लाइडिङ प्रतियोगितका एक खेलाडीको १०० मिटर माथिबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्याराग्लाइडिङ...

शताब्दी पुरुष सत्यमोहनको पार्थिव शरीर नजलाइने

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । उनको शरीरलाई अध्ययनका लागि नजलाई राखिने भएको हो । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले...

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

  पोखरा । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारको क्रममा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालले जोशीको आइतबार बिहान निधन भएको पुष्टि गरेको छ । २४ दिनदेखि उपचररत १०३ वर्षीय जोशी जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट...

संविधानमाथि खतरा हुदाँसम्म गठबन्धनको आवश्यकता र औचित्य रहन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा२ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, लोकतन्त्र र परिवर्तन रक्षाका लागि बनाइएको गठबन्धन भएकाले लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धनको आवश्यकता र औचित्य पनि रहिरहने बताएका छन्। शनिबार गोरखामा...

महासचिव र उपमहासचिव लिएर अध्यक्ष ओली लाँकुरी भञ्ज्याङमा

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार ललितपुरको लाँकुरी भन्ज्याङ पुगेका छन् । पार्टीको चुनावी घोषणापत्र तयारी गर्ने क्रममा उनी त्यहाँ पुगेका हुन् । घोषणापत्रमा प्राप्त सुझावहरूसहित अध्यक्ष ओली र नेताहरू छलफलका लागि द टेरेसेस रिसोर्टमा बसेका...