प्रमुख समाचार


आफ्नै छोरीलाई जबरजस्ती विष खुवाउने बुबा पक्राउ, छोरी सिकिस्त

विराटनगर । सुनसरीमा आफ्नै छोरीलाई जबरजस्ती विष खुवाउने बुबा पक्राउ परेका छन् । बर्जू गाउँपालिका वडा नम्बर २ रामगञ्ज बेलगाछियाका अर्जुन कामतले छोरी राधिकालाई विष खुवाएका हुन्। मादक पदार्थ सेवन गरी २० वर्षीया छोरी राधिकालाई जबरजस्ती विष खुवाएका उनलाई...

एक महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक एक महिनापछि आज(बिहीबार) बस्दैछ । पोखरा नदिपुरको प्रदेश सभा भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभाले जनाएको छ । यसअघि असार २२ गते पछिल्लो पटक प्रदेश सभा बैठक बसेको थियो । गत असार २२ गतेको बैठकमा आर्थिक वर्षको बजेट...

पोखराका अस्पतालमा आँखा परीक्षण र औषधि निःशुल्क

पोखरा । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा पोखराका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले...

एमालेद्धारा राष्ट्रिय सभामा पनि अवरोध

  काठमाडौं । राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका...

तनहुँमा सडक भासियो, दुई तर्फी सवारी आवतजावत बन्द

तनहुँ । पृथ्वी राजमार्गस्थित तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ मा सडक भासिएको छ । बुधवार मध्याह्न साढे १२ बजेको समयमा पृथ्वी राजमार्गको सडक भासिएर यातायात अवरुद्ध बनेको प्रहरीको भनाइ छ । सडक भासिएसँगै दुई तर्फी सवारी साधन आवतजावत बन्द भएसँगै चाइनिज...

तीन दलले संसदलाई बन्धक बनाए : राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले संसदलाई तीन दलले बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद र देशलाई नै बन्धक बनाएको भन्दै आपत्ति जनाएका हुन् । समावेशी...

रोल्पा बस दुर्घटना : ४ जनाको ज्यान गयो, १८ घाइते

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको...

आँखा पाक्ने रोग फैलन नदिन भोलि(बुधबार) देखि पोखराका विद्यालय बन्द गर्ने

पोखरा । देशभर प्रकोपको रुपमा फैलिन थालेको आँखा पाक्ने रोगका कारण विशेष गरि स्कुले विद्यार्थीहरु प्रभावित बनेका छन् । दैनिक जसो 'एडिनो भाइरल कन्जंग्टिवाइटिस'(आँखा पाक्ने रोग) का विरामी बढ्न थालेपछि पोखरा महानगरपालिकाले महानगर भित्रका विद्यालय बन्द गर्ने...

स्याङ्जामा एक वर्षभित्र २६३ उद्योग बन्द

प्रकाश डोटेल, स्याङ्जा । स्याङ्जामा गएको आर्थिक वर्षमा २६३ व्यावसायिक फर्महरु बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९÷०८० मा धेरै व्यावसायिक फर्महरु बन्द भएका हुन् । २०७८÷०७९ मा...