प्रमुख समाचार


साँढेले आक्रमण गर्दा बुटवलमा एक महिलाको ज्यान गयो

बुटवल । छाडा साँढेले आक्रमण गर्दा बुटवलमा एक महिलाको ज्यान गएको छ । गत साउन २० गते सडकमा जुधिरहेको छाडा साँढेको आक्रमणमा परी घाइते भएकी गुल्मीकी ४५ वर्षिय सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान गएको हो । गुल्मीको रेसुंगा...

श्रीकृष्ण मन्दिरमा जारी श्रीमदवीतकमा सहयोग आउने क्रम जारी

पोखरा । पोखराको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी रहेको एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरुको भीड संगै सहयोग रकम आउने क्रम जारी रहेको छ । गत साउन १० गते बाट पोखरा ८ रत्चोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी रहेको श्रीमदवीतकको...

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुँदैं

पोखरा । पोखराको लेकसाइड स्थित हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हल्लनचोक स्पोर्टस् क्लबले यही भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार ‘स्वास्थ्यका लागि...

पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका २ पानाबगर र खहरे खोलाको बिच भागमा सडक माथिबाट पहिरो खसेको हो । शुक्रवार...

असोज दोस्रो साता नयाँगाउँमा एमेच्युअर फुटबल, उपाधि राशी ६० हजार

पोखरा । आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा १५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । उनले नवदीत खेलाडीलाई स्थान प्रदान...

मधेसका मुख्यमन्त्री सिंहलाई पार्टीले सोध्यो स्पष्टीकरण

वीरगन्ज । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो । जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले शुक्रबार मुख्यमन्त्रीलाई...

बंगलादेशमा अन्तरिम सरकार गठन

काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका...

सर्पले डस्दा बर्दियामा एकै दिन दुई बालबालिकाको ज्यान गयो

बर्दिया । बर्दियामा सर्पले डस्दा एकै दिन दुई बालबालिकाको ज्यान गएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट ज्यान गएको र मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएको जनाइएको...

कोशी र कर्णाली प्रदेशमा आज (शुक्रबार) सार्वजनिक बिदा

काठमाडौं । कोशी र कर्णाली प्रदेशमा शुक्रबार (आज) सार्वजनिक बिदा छ । कोशी प्रदेशले आदिवासी जनजाति दिवस र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा आज सार्वजनिक बिदा दिएका हुन । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा...