प्रमुख समाचार


१२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो । बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका...

कांग्रेस पदाधिकारी बैठक बस्दै : केन्द्रीय समितिका एजेन्डा तय गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न आइतबार पदाधिकारी बैठक बोलाएका हुन् । सहमहामन्त्री महालक्ष्मी...

असार १५ मा ८० लाख लिटर दही खपत हुने अनुमान

काठमाडौँ । नेपाली राष्ट्रिय धान दिवस अर्थात् १५ असारमा ८० लाख दही खपत हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार दही चिउरा खाने दिनमा ८० लाख लिटर दही खपत हुने अनुमान भएको हो । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार देशभर करिब १ अर्ब ४०...

मलको हाहाकार भइरहन्छ : कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् । नेपाल डेरी एसोसिएसनले विहीबार काठमाडौंमा आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने बताएका हुन्...

मुकुलको रिटमाथि छलफल गर्न सर्वोच्चले असार १७ मा दुवै पक्षलाई बोलायो

काठमाडौं । सर्वोच्च अदालतले डा. मुकुल ढकालले दिएको रिटमाथि छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई १७ असारका लागि छलफलमा बोलाएको हो । आफूलाई राष्ट्रिय...

मेक्सिकोमा भीषण गोलीबारी : १२ जनाको ज्यान गयो, २० घाइते

मेक्सिकोको गुआनाजुआटो राज्यको इरापुआटो शहरमा मंगलबार राति भीषण गोलीबारी भएको छ। यस आक्रमणमा १२ जनाको ज्यान गएको छ भने करिब २० जना घाइते भएका छन्। त्यतिबेला इरापुआटोमा सेन्ट जोन द ब्याप्टिस्टको पर्वको अवसरमा मानिसहरू सडकमा नाचिरहेका, गाइरहेका र उत्सव...

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर बिहीबार सुनको मूल्य कारोबार भइरहेको हो। बुधबार छापावाल सुन प्रतितोला १...

नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ...

अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । हिजो बढेको युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य आज पनि बढेको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी...