लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आजदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म...
काठमाडौं। स्याङ्जा जिल्ला भएर बग्ने आँधीखोलामा पानीको सतह बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान अध्यावधिक गरेको सूचना अनुसार, आधिँखोलाको बोर्लाङ् पुलस्थित जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको छ। विभागका अनुसार गएरातिदेखि...
पोखरा । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ११ बजे अद्यावधिक गरेको विवरणअनुसार पूर्व–पश्चिम राजमार्गसहित विभिन्न प्रदेशका मुख्य सडकहरू पूर्ण तथा आंशिक रूपमा बन्द...
पोखरा । काठमाडौंमा एक चिनियाँ नागरिक स्रोत नखुलेको ठुलो नेपाली रकमसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका बौद्धस्थित नयाँ बस्तीमा कोठा भाडामा लिई बसीरहेको चिनियाँ नागरिक वाङ जियन हिजो असार २३ गते राति १० बजे पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौका...
काठमाडौं। हिमताल फुटेका कारण रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको आशंका गरिएको छ । जल तथा मौसम विभागले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रुपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको छ । विभागले भनेको छ, ‘प्रारम्भिक...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले रसुवागढीदेखि धादिङको वेनिघाटसम्म अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भएतापनि सम्भावित...
रसुवा । छिमेकी चीनको तिब्बत क्षेत्रतर्फको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ। आज बिहान ३स्१५ बजे गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल टिमुरेले...
मकवानपुर । धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटिएको छ । त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६...
पोखरा । आज मंगलबार अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...