प्रमुख समाचार


प्रतिभा माविको ‘प्रतिभा सुपर लिग’ १८ माघ देखि : १२ वटा विद्यालय सहभागी हुने

पोखरा । प्रतिभा माध्यमिक विद्यालयको आयोजनामा यहि माघ १८ गतेदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता ‘प्रतिभा सुपर लिग’ सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग र समन्वयमा हुन लागेको प्रतिभा सुपर लिग माघ २५ गतेसम्म...

गण्डकी प्रदेशको भविष्य व्यवहारिक शिक्षामै निर्भर छ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै समग्र प्रदेशको भविष्य निर्भर रहेको बताएका छन् । मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित प्रदेशस्तरीय शिक्षक तथा...

गुल्मीमा ३ महिने शिशुको हत्या, बाबु पक्राउ

गुल्मी । गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाका शिशुको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार मादक पदार्थी...

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ । भारी हिमपात भएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र( १ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो । भारी हिमपातका कारण यहाँको...

युवराज सफल हाजिर जमानीमा रिहा

काठमाडौं । अफवाह फैलाएको कसुरमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन् । उनलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले बताए । उनी बुधवार साँझ छुटेका हुन् । महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित नकारात्मक...

हिमपातले डोल्पा जाने यात्रु बाटोमै अलपत्र, उद्धारको माग

डोल्पा । काठमाडौंबाट डोल्पा जाँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व(बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् । उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र...

आज अमेरिकी डलरसहित सबैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । विगत केही दिनदेखि निरन्तर बढ्दै आएको युरो र पाउन्डको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...

टाइगर कपः एपीएफविरुद्ध पुलिसको शानदार जित

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो...

कालीगण्डकी नदीका पुल निर्माणमा ढिलाइ

प्रकाश डोटेल, स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी कालिगण्डकी नदीका विभिन्न स्थानमा निर्माणाधिन झण्डै आधा दर्जन सडक पुल तोकिएको समय सिमाभित्र बन्न नसक्दा अलपत्र अवस्थामा पुगेका छन् । पर्यटकीय क्षेत्रमा अथाहा सम्भावना भएका दुई प्रदेशसँग यातायातको...