प्रमुख समाचार


६० केजी सुन तस्करी मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

काठमाडौं। ६० केजी सुन तस्करी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । ६० केजी सुन तस्करीमा चिनियाँ नागरिक गेन्जा झाछी, मिङसिङ टेरेन्स सी, मनोजराज श्रेष्ठ, भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयलले दिएको निवेदनमाथि सुनुवाइ हुन लागेको हो...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (शुक्रवार) अमेरिकी डलर र बहराइन दिनारको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, कुबेती दिनारसहितका मुद्राको भाउ घटेको छ । तर, पाउन्ड लगायत केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...

ज्ञानेन्द्र शाही प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा क्षेत्रबाट सिफारिस

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् । राप्रपाले शाहीलाई ६ वटा निर्वाचन...

बेवास्ता गरेको आरोप लगाउँदै सहिद परिवारका सदस्यहरूले गरे आन्दोलनको घोषणा

काठमाडौं । सहिद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै सहिद परिवारका सदस्यहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेसमा रहेका सहिद परिवारलाई दिइँदै आएको...

जाँचबुझ आयोगबाट हालसम्म ४ जनाको स्थानहद फुकुवा, १५० जनाको बयान

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले उपत्यका छाड्न र विदेश जान रोक लगाएको ४ जनाको स्थानहद फुकुवा गरेको छ । जेनजी आन्दोलन हुँदा गृहसचिव रहेका गोकर्णमणि दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका तत्कालीन प्रजिअ छविलाल...

यहि पौष ११ देखि २२ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने

कास्की जिल्ला टेनिस संघले २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ । प्रतियोगिता यहि पौष ११ गतेदेखि १५ गते सम्म हुने आयोजक टेनिस संघले जानकारी दिएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स सिंगल्स , डबल्स तथा...

डल्लु पुगेर प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गत साता भारतबाट उपचार...

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं। अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए । जेनजीको...