प्रमुख समाचार


नेसपा (नयाँ शक्ति)ले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले असोज ८ गते केन्द्रीय समितिको बैठक बोलाएको हो । जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सोही सुन तोलामा...

अमेरिकी डलरको भाउ स्थिर, यी मुद्राको भाउ बढ्यो

पोखरा । अमेरिकी डलर र बहराइन दिनारको भाउ आज पनि स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भाउ भने आज बढेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राका विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर...

यही भदौ ३१ गते मौन शान्ति ¥यालीको गर्दै पोखरा उद्योग वाणिज्य संघ

पोखरा। पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ-संस्थाका...

काठमाडौं जिल्ला अदालतको सम्पूर्ण सेवा स्थगित

काठमाडौं। काठमाडौं जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ । आइतबार अदालत प्रशासन शाखाले एक विज्ञप्ति जारी गर्दै जेएनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको बताउँदै सम्पूर्ण सेवा स्थगित गरिएको...

सर्वोच्चले आजदेखि टेन्ट टाँगेर थाल्यो सेवा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि आफ्नो सेवा सुरु गरेको छ । अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति...

सुमनाले छाडिन् रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । आइतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा ३ विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन् । रास्वपा प्रवक्ता मनिष झाले...

जेन्जी आन्दोलन : वीर अस्पतालमा उपचाररत थप दुई जनाको ज्यान गयो

काठमाडौं । जेन्जी आन्दोलनबाट गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा ज्यान गएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार ज्यान गएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘दुवै जनालाई...

पोखरामा सार्वजनिक यातायात सञ्चालनमा

पोखरा । जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको...