प्रमुख समाचार


विराटनगरको बालसुधार गृहमा झडप, एक प्रहरी घाइते

विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।सुधार गृहमा थप घटना हुन...

राप्रपा युवा संगठनको अधिवेशनमा विवाद : हात हालाहालको स्थिति आएपछि प्रहरी परिचालन

काठमाडौं । राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहालको स्थिति आएपछि प्रहरी परिचालन गरिएको छ । केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको...

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार...

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी...

तीन दिन स्थिर अमेरिकी डलरको भाउ आज बढ्यो

पोखरा । आज बुधबार अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४०...

स्याङ्जाको चापाकोटमा डिप ट्युबेलबाट खानेपानी र सिँचाइ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–१० बोटेटारमा डीप ट्युबेलबाट खानेपानी र सिँचाइको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट भूमिगत जलश्रोत तथा सिँचाइ कार्यालय नवलपुरको अगुवाईमा डीप ट्युबेलबाट खानेपानी र सिँचाइको व्यवस्था गरिएको हो । बोटेटारका...

काम गर्दा लाग्ने रोगलाई सरकारले‘व्यवसायजन्य रोग’को कानुनी मान्यता दियो

काठमाडौं। सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार यी रोगहरूको सूची राजपत्रमा प्रकाशित गरेको हो । यो निर्णयले कार्यस्थलको...

थप २०० मेगावाट बिजुली निर्यातका लागि भारत सहमत

काठमाडौं । भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातका...

नक्कली भुटानी शरणार्थी प्रकरणमा साक्षीसँग बकपत्रका लागि पेसी तोकियो

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधसम्बन्धी मुद्दामा साक्षीसँग बकपत्रका लागि पेसी तोकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा साक्षीको बकपत्रका लागि पेसी तोकिएको हो । साक्षीसँग...