प्रमुख समाचार


विपिन जोशीको शव विमानस्थलबाट आजै कञ्चनपुर पठाइने

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ ।विपिनको शव बोकेको विमान फ्लाई दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आजै धनगढी पठाउने तयारी छ । धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने...

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै सोमबार चाँदीको...

अमेरिकी डलरसहित यी मुद्राको भाउ स्थिर

पोखरा । आज सोमबार पनि हिजो आइतबार जस्तै अमेरिकी डलर र बहराइन दिनारको भाउ स्थिर छ । तर, युरो, पाउन्ड, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ भने घटेको छ । अस्ट्रेलियन डलर लगायत केही विदेशी मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि...

मेयर हर्क साम्पाङले पार्टी दर्ताका लागि गरे सनाखत

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गरेका छन्। आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रूपमा सनाखत गरेका हुन्। उनले गत असोजमा ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा...

मलामी बोकेको ट्याक्टर दुर्घटना : ३ जनाको ज्यान गयो

कैलाली । कैलाली जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१...

बक्यौता नतिर्ने उद्योगको लाइन आजै काटिन्छ : प्राधिकरण

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेपनि बक्यौता रकम नतिरेका उद्योगको लाइन आजै काट्ने भएको छ । प्राधिकरणले बक्यौता रकम तिर्न दिएको अन्तिम म्याद आज (आइतबार) बेलुका सकिँदै छ । प्राधिकरणले दिएको म्याद सकिएसँगै...

‘हरित् निर्वाचन’ का लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पर्यावरणमैत्री अर्थात् हरित् निर्वाचनका रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीनितिक दलहरूसँग आग्रह गरेको छ । आयोगले आधुनिक समयमा पर्चा, पम्पप्लेट र प्रदूषणमुक्त निर्वाचन गराई...

मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न आम नागरिकलाई आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘सरकारले फागुन २१, २०८२ मा संसदीय चुनाव गर्ने लक्ष्यका साथ तयारी अगाडि बढाइरहेको...

धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक भेटिए

म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार...