प्रमुख समाचार


अपडेटः प्रचण्ड निवासमा आगजनी

काठमाडौं। ललितपुरको खुमलटारस्थित नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला...

एमाले उपाध्यक्ष पाण्डेको घरगाडी जलेर ध्वस्त

काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर र गाडी जलाएका छन् । मंगलबार स्वयम्भु नजिकै रहेको पाण्डेको घरमा प्रदर्शनकारीहरु पसेर आगजनी र तोडफोड गरेका हुन् । नेता पाण्डेले घर र गाडी जलेर ध्वस्त भएको बताए ।

पेसी रोक्दै उच्च अदालत पोखराका कर्मचारी पनि प्रदर्शनमा

आजको पेसी रोक्दै जेनजी पुस्ताको प्रदर्शनमा राज्यले दमन गरेको भन्दै उच्च अदालत पोखराका कर्मचारीले पनि विरोध प्रदर्शन गरेका छन्। अदालत गेटबाहिर प्लाकार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरूले बताए।पनेरूका अनुसार सरकारले...

अमेरिकी डलरको भाउ स्थिर, अधिकांश मुद्राको भाउ बढ्यो

पोखरा । अमेरिकी डलरको भाउ आज स्थिर छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा...

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

काठमाडौं । जेनजीको प्रदर्शनबिच सत्तारुढ दलले नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ । बैठक भाद्र २४ गते मंगलबार बिहान ९ बजे सभापति निवास बूढानिलकण्ठमा बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार...

आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने...

जेनजीको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले जेनजीको माग पुरा गर्न उनले आग्रह गरेका हुन् । यस्तै सोमबार...

प्रहरीको धरपकडबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सोमबार जेनजी युवाहरूले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । चार बजे केन्द्रीय कार्यालय...

गृहमन्त्रीसहितका उच्चपदस्थ अधिकारी अनौपचारिक बैठकमा

काठमाडौं। जेनजी पुस्ताले गरेको आन्दोलन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका छन् । गृहमन्त्री रमेश...