प्रमुख समाचार


स्थगित भएको कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका ९पूरक० परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११...

मुग्लिन–नारायणगढ सडकमा ढुङ्गा खसेर बसमा लाग्दा एक यात्रुको ज्यान गयो

मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग२ख १८३६ नम्बरको बसमा मङ्गलबार साँझ इच्छाकामना...

अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर घटेको छ । अमेरिकी डलरको मूल्य हिजो पनि घटेको थियो । तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ। यी मुद्राको मूल्य विगत केही दिनदेखि लगातार...

नेपाल खुला स्नुकर प्रतियोगिताको उपाधि वाङचु तामाङलाई

पोखरा । काठमाडौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् । खेलकुदको शहर पोखरामा आज (मंगलबार) सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाडौंकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न...

सडकको अवस्था हेरेर दशैंका लागि अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दशैँका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ । मंगलबार यातायात व्यवस्था विभागमा भएको छलफलमा मुलुकका विभिन्न स्थानमा सडक पूर्ण रूपमा सञ्चालन हुन नसक्दा बाहिरदेखि सार्वजनिक...

जेन – जी आन्दोलनमा जलेको पोखराको वडा नम्बर १२ को कार्यालय पुनः निर्माण गर्न समिति गठन

पोखरा । जेन-जी आन्दोलनका क्रममा नष्ट भएको पोखरा महानगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवन पुनः निर्माण गर्न नागरिक स्तरको समिति गठन भएको छ । सेवा प्रवाहमै समस्या भएपछि आपतकालीन पुनर्निर्माण योजना अगाडि सारिएको हो । मंगलबार वडामा भेला भएका स्थानीयले...

क्षतिग्रस्त सिंहदरबार अनुगमन गर्दै मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ क्षतिग्रस्त संरचनाहरूको अनुगमनका लागि सिंहदरबार जाने भएका छन् । भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडको अनुगमनका लागि मन्त्री...

जेनजी प्रदर्शनमा ७३ जनाको ज्यान गएको पुष्टि

काठमाडौं। जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ७३ जना पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७३ पुगेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले जानकारी दिएका छन् । प्रहरीतर्फ ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा...

पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने प्रचण्डको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि...