शिक्षा


सिर्जना बहिरा विद्यालयका विद्यार्थीलाई एनआईएमबीको पोशाक सहयोग

लेखनाथ । एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट...

ज्योति विकास बैङ्कद्वारा कालिका माविलाई कम्प्युटर प्रदान

पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई ज्योति विकास बैङ्क, पोखरा शाखाले कम्प्युटर प्रदान गरेको छ । बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर हस्तान्तरण गरिएको हो । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा...

जनप्रिय माविमा अभिभावक भेला

पोखरा। जनप्रिय माध्यमिक विद्यालयमा विहीबार अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको चौतर्फी हित गर्न आयोजित भेलाले विद्यालय व्यवस्थापन समितिमा अभिभावकबाट चयन हुने ३ सदस्य टोली सर्वसम्मत गर्दै भेला सकिएको थियो । भेलाले सरस्वती शाही पोख्रेल, टंकप्रसाद...

एसईई परीक्षा व्यवस्थित र पारदर्शी बनाउन कार्यशाला आवश्यक : मन्त्री थापा

पोखरा। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) जस्तो महत्वपूर्ण राष्ट्रिय परीक्षालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न कार्यशालाहरू अत्यन्त महत्वपूर्ण हुने बताएका...

पश्चिमाञ्चल माविमा फूड फेस्टिवल

पोखरा । पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा फूड फेस्टिवल आयोजना गरिएको छ । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीमा प्रयोगात्मक ज्ञान दिलाउनका लागि विद्यालयमा फूड फेस्टिवल आयोजना गरिएको हो । कार्यक्रमको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष...

एनआरएन जापानद्वारा हेमजाका सामुदायिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण

पोखरा । पोखरा महानगरपालिका–२५ हेमजामा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार बराबरको विभिन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । २५ न। वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समिति पोखरा–२५ हेमजाको व्यवस्थापन...

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसै क्रममा सोमवार मञ्चको आयोजनामा माध्यमिक तह (९-१२) स्तरीय कविता...

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

पोखरा । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज दीक्षित हुँदैछन् । पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरुलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका...

कुमुदिनी होम्समा ‘जेनेरेटिभ एआई’ शिक्षण कार्यशाला

पोखरा । पोखरा ४ गैहापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बिहीवार विद्यालयका शिक्षकहरूका लागि जेनेरेटिभ एआई शिक्षणबारे एक दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको प्रारम्भमा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले आधुनिक प्रविधिको...