प्रमुख समाचार


शतप्रतिशत विश्वासको मत पाउँने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले भोलि संसद्मा शतप्रतिशत विश्वासको मत पाउने दाबी गरेका छन् । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘पुष २६ गते ९९ भन्दा बढि मत पाएको थिएँ । भोलि...

स्ववियु चुनाव : त्रिविका १३ क्याम्पसमा चुनाव स्थगित

काठमाडौं । स्ववियु निर्वाचन अन्तर्गत त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज मतदान भइरहेको छ । तर आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको...

आज संसदमा बेपत्ता छानबिन र सत्यनिरुपण आयोग सम्बन्धी विधेयक पेस हुँदै

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक २०७९ पेस हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित...

स्ववियु निर्वाचन आज : ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । स्ववियु निर्वाचनअन्तर्गत केहीबेरमा मतदान सुरु...

वात्स्यायनको रथारोहण र नागरिक अभिनन्दन

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार दुर्गा बराल वात्स्यायनको आज नागरिक अभिनन्दन तथा रथारोहण गरिएको छ । बरालले चित्रकारितालाई अति यर्थाथवादी धारमा रहेर गरेको अतुलनीय योगदानको कदरस्वरुप रथारोहणसहित नागरिक अभिनन्दन गरिएको हो । बराललाई...

विदेशी लगानी घट्यो

काठमाडौं । मुलुकमा आउने प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको आठ महिना (साउन–फागुन)सम्म प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव ९३ प्रतिशतले घटेको हो । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य...

कलाकार दुर्गा बरालको पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण

पोखरा। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार दुर्गा बराल वात्स्यायनको आज नागरिक अभिनन्दन तथा रथारोहण गरिदै छ । चैत ४ अर्थात आज ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गरेको दिन बराललाई अभिनन्दन गर्न लागिएको हो । अभिनन्दन कार्यक्रम पोखराका साहित्यिक...

१५ हजार घुससहित पोखरामा सव–इन्जिनियर पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । बाटो निर्माण कार्यमा...

उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।आज भएको निर्वाचनमा ३० हजार ३२८ मत ल्याएर विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार...