प्रमुख समाचार


पूर्व डीआईजी ठकुरीको निधन

काठमाडौं। नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी अर्जुन चन्द ठकुरीको निधन भएको छ । उनको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका चन्द २०८१ मङ्सिरमा...

पोखराको प्रतिभा बिजनेस स्कूलमा केयूको बीआईटी पढाइ हुने

पोखरा । प्रतिभा बिजनेस स्कूलले ब्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी (बीआईटी) अध्यापन शुरु गर्ने भएको छ । प्रतिभा माविले भगिनी संस्था प्रतिभा बिजनेस स्कूलमार्फत ८ सेमेष्टर रहेको चार वर्षे बीआईटी कोर्ष अध्यापन गराउन लागेको हो । युग सुहाउँदो सूचना, प्रविधिमैत्री...

लुम्बिनी प्रदेश सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने

बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत ११औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलसहित विभिन्न विधेयकमाथि आवश्यक प्रक्रिया अघि बढाइने बैठकको कार्यसूची...

ड्रोन उडाएको आरोपमा दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा

काठमाडौं। काठमाडौँबाट चीनको सीमानामा घुम्न गएका दुई जना युवालाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । असार ११ मा काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगर चीनसँग सीमा जोडिएको लप्ची तर्फ लागेका थिए। काठमाडौँबाट दोलखाका बिगु गाउँपालिका...

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौं । इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ । आगामी दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरूबिच कुनै वार्ता नहुने पुष्टि गर्दै इरानी प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताइएको छ। इरानी विदेश...

दृष्टिविहीनहरू ९ दिनदेखि माइतीघरमा धर्नामा

काठमाडौं । दृष्टिविहीन व्यवसायीहरू विगत नौ दिनदेखि माइतीघरमा धर्नामा छन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका उनीहरू सरकारले व्यवसाय गर्न नदिएको कारण धर्नामा बस्नुपरेको बताउँछन् । सरकारले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त...

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

जुम्ला। जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा मंगलबार एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ वटै स्थानीय तहलाई एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। जनस्वास्थ्य...

भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, झन्डै ४२ करोड बक्यौता दुई सातामै असुल

काठमाडौं । औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । वर्षौँदेखि उठ्न नसकेको सो रकम तत्काल उठाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी...

कोशीको बजेट विवाद अझै समाधान हुन सकेन, आजको प्रदेशसभा बैठक पुनः स्थगित

विराटनगर । कोशी प्रदेश बजेटलाई लिएर सत्तारुढ र असन्तुष्ट सांसदहरूबिचको विवाद समाधान हुन नसक्दा प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक स्थगित गरी आगामी असार १८ गते बिहीबारका लागि सारिएको...