काठमाडौं।
नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी अर्जुन चन्द ठकुरीको निधन भएको छ । उनको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
२०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका चन्द २०८१ मङ्सिरमा अवकाशमा गएका थिए । उनी १० दिनदेखि अस्पतालमा थिए । चोटका कारण उनलाई अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए ।












