प्रमुख समाचार


प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि भेट : संसद्को अवरोध खुलाउनेबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । आजको भेटमा संसद्को अवरोध खुलाउने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रतिनिधिसभाको बैठक...

साउन १५ मा खीर खाने चलन, के छ खीर खानुको महत्व ?

काठमाडौँ । आज साउन १५ । नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो...

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्त तथा संसद बैठक सुचारु गर्ने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री...

विजयपुर खोलामा आएको बाढीमा फसेका चार युवकको उद्धार

पोखरा । पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा आएको बाढीमा फसेका चार युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । गएराती अविरल वर्षाको कारण अचानक आएको बाढीमा फसेका उनीहरुको रातिनै उद्धार भएको हो । अविरल वर्षाको कारण निर्माणधीन पानी ट्याङ्की...

भ्रष्टाचारविरुद्धको फाइल रोकिनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसुकै षडयन्त्र रचे पनि भ्रष्टाचारविरुद्धको फाइल नरोकिने दाबी गरेका छन् । सरकारले भ्रष्टचारविरुद्धको फाइल खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताउँदै...

सुन तस्करीका मालिकलाई जोगाउन खोजियोः लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुनका मालिकहरुलाई जोगाउन खोजेको आशंका व्यक्त गरेका छन् । आज भक्तपुरमा आयोजित पार्टीको नगर समिति कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सुन तस्करी प्रकरणमा निस्पक्ष छानविन नगर्ने हो...

धरानमा थप पाँच जनाको ज्यान गयो

सुनसरी । पछिल्लो समय तीव्र रुपमा फैलिएको डेंगीको संक्रमणबाट धरानमा थप ५ जनाको ज्यान गएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानको अनुसार डेंगी संक्रमणका कारण पछिल्लो नौ दिनयता एक बालिकासहित थप ५ जनाको ज्यान गएको हो। डेंगी...

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

पोखरा । सडक विभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन...