प्रमुख समाचार


साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुचित लाभ लिएर कम मूल्यमा जग्गा बिक्री गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा ९...

कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार...

पृथ्वीचोकबाट २४ तोला सुनसहित कल्पना गुरुङ पक्राउ

पोखरा । पोखराको पृथ्वीचोकबाट एक महिला सुनसहित पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङलाई पक्राउ गरेको हो । गुरुङलाई काठमाडौंबाट पोखरा आउने क्रममा...

आफ्नै छोरीलाई जबरजस्ती विष खुवाउने बुबा पक्राउ, छोरी सिकिस्त

विराटनगर । सुनसरीमा आफ्नै छोरीलाई जबरजस्ती विष खुवाउने बुबा पक्राउ परेका छन् । बर्जू गाउँपालिका वडा नम्बर २ रामगञ्ज बेलगाछियाका अर्जुन कामतले छोरी राधिकालाई विष खुवाएका हुन्। मादक पदार्थ सेवन गरी २० वर्षीया छोरी राधिकालाई जबरजस्ती विष खुवाएका उनलाई...

एक महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक एक महिनापछि आज(बिहीबार) बस्दैछ । पोखरा नदिपुरको प्रदेश सभा भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभाले जनाएको छ । यसअघि असार २२ गते पछिल्लो पटक प्रदेश सभा बैठक बसेको थियो । गत असार २२ गतेको बैठकमा आर्थिक वर्षको बजेट...

पोखराका अस्पतालमा आँखा परीक्षण र औषधि निःशुल्क

पोखरा । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा पोखराका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले...

एमालेद्धारा राष्ट्रिय सभामा पनि अवरोध

  काठमाडौं । राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका...

तनहुँमा सडक भासियो, दुई तर्फी सवारी आवतजावत बन्द

तनहुँ । पृथ्वी राजमार्गस्थित तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ मा सडक भासिएको छ । बुधवार मध्याह्न साढे १२ बजेको समयमा पृथ्वी राजमार्गको सडक भासिएर यातायात अवरुद्ध बनेको प्रहरीको भनाइ छ । सडक भासिएसँगै दुई तर्फी सवारी साधन आवतजावत बन्द भएसँगै चाइनिज...

तीन दलले संसदलाई बन्धक बनाए : राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले संसदलाई तीन दलले बन्धक बनाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसद र देशलाई नै बन्धक बनाएको भन्दै आपत्ति जनाएका हुन् । समावेशी...