प्रमुख समाचार


रोल्पा बस दुर्घटना : ४ जनाको ज्यान गयो, १८ घाइते

रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको...

आँखा पाक्ने रोग फैलन नदिन भोलि(बुधबार) देखि पोखराका विद्यालय बन्द गर्ने

पोखरा । देशभर प्रकोपको रुपमा फैलिन थालेको आँखा पाक्ने रोगका कारण विशेष गरि स्कुले विद्यार्थीहरु प्रभावित बनेका छन् । दैनिक जसो 'एडिनो भाइरल कन्जंग्टिवाइटिस'(आँखा पाक्ने रोग) का विरामी बढ्न थालेपछि पोखरा महानगरपालिकाले महानगर भित्रका विद्यालय बन्द गर्ने...

स्याङ्जामा एक वर्षभित्र २६३ उद्योग बन्द

प्रकाश डोटेल, स्याङ्जा । स्याङ्जामा गएको आर्थिक वर्षमा २६३ व्यावसायिक फर्महरु बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९÷०८० मा धेरै व्यावसायिक फर्महरु बन्द भएका हुन् । २०७८÷०७९ मा...

काठमाडौंमा भारी वर्षा : नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

  काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । वर्षाले उपत्यकाको सामाखुशी लगायतका स्थान डुबानमा परेको छ । वर्षाले नदी र खोलाहरुमा बाढी आएको र बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन...

एमाले गण्डकी प्रदेशको अधिवेशन असोज १५ र १६ गते

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने निर्णय भएको छ । प्रदेश कमिटी सचिव धनज्वय दवाडीले जानकारी दिए अनुसार प्रदेश कमिटीको सोमबार बसेको बैठकले प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय भएको छ...

देशव्यापी ‘एडिनो भाइरल’: महामारीको जोखिम

काठमाडौँ । केही सातायता देशव्यापी रुपमा आँखा पाक्ने रोग देखा परेको छ । आँखा पाक्ने रोग प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो...

बागमतीमा बिना विभागीय मन्त्रीले बल्ल पाए जिम्मेवारी

मकवानपुर । बागमती प्रदेश सरकारमा मन्त्रालय संख्या थपिएको छ । लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी तोकिएसँगै मन्त्रालयको संख्या बढेको हो । प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग...

प्रधानमन्त्रीको चीन भ्रमण सेम्टेम्बरमा हुन्छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका लागि तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्रीको भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको उनको भनाइ छ । उनले छिमेकी देशहरुका साथै नेपालसँग...