प्रमुख समाचार


एमसीसी पास गरेको भोलिपल्ट फुट्यो सत्ता गठबन्धन

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको जनाइएको छ ।

पोखरामा बन्दको आंशीक प्रभाव (फोटो फिचर)

पोखरा । सरकारले हिजो संसदबाट एमसीसी पारित गरेपछि असन्तुष्ट दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ। बन्दको कारण सार्वजनिक सवारी ठप्प छन् भने निजि सवारीसाधन भने चलिरहेका छन् । पोखराका मुख्य चोक,बजारका पसलहरु...

प्रचण्डको सचिवालयले भन्यो : एमसीसी पास गरेर पार्टी गम्भीर दुर्घटनाबाट बच्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले संसदबाट एमसीसी पास गराएर देशसँगै पार्टीलाई गम्भीर राजनीतिक दुघर्टनाबाट बचाएको दाबी गरेको छ । गएराति एमसीसी पास भएलगत्तै प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सामाजिक...

अमेरिकाले भन्यो : नेपाल र अमेरिकाबीचको सम्बन्ध धेरै फराकिलो

पोखरा । अमेरिकाले मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधि सभाले एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै एमसीसी कार्यान्वयनको बाटो...

एमसीसी अनुमोदन भएसंगै ३१५ किमि लप्सीफेदी–बुटवल प्रसारण लाइन सुनिश्चित

काठमाडौं । प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको अनुदान सहायता सम्झौता अनुमोदन भएसँगै ३१५ किमि लामो विद्युत् प्रसारण लाइन परियोजना निर्माण पनि सुनिश्चित भएको छ । यो सुनिश्चिताले विद्युत् विकास र त्यसको खपत व्यवस्थापनमा उल्लेख्य...

बन्द प्रभावः पोखरामा सार्वजनिक सवारी ठप्प

पोखरा। लामो कसरत पछि सरकारले हिजो संसदबाट एमसीसी पारित गरेपछि असन्तुष्ट दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ। बन्दको कारण सार्वजनिक सवारी ठप्प छन् भने निजि सवारीसाधन भने चलिरहेका छन् । पोखराका मुख्य चोक,बजारका...

एमसीसी संसदमा पेश गर्नु जनताप्रतिको धोकाः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको...

एमालेको अवरोधबीच संसदमा एमसीसीबारे सुरु भयो छलफल

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रमुख विपक्षी नेकपा...