प्रमुख समाचार


सुनको तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो

काठमाडौं । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी...

आममाफी वारे सरकारले सदनलाई जवाफ दिनुपर्छः गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सरकारले बताउनुपर्ने आवश्यकता औंल्याएका छन् ।   प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै थापाले संविधान र कानुनको अपव्याख्या...

भोलि भूकम्प प्रभावित जिल्ला बझाङ जादैंँ प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् ।प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार...

नेपालगन्जमा लागेको कर्फ्यु १२ घण्टाका लागि हटाइयो, सभा-जुलुस गर्न प्रतिबन्ध

रुपन्देही । बाँकेको नेपालगन्जमा लागेको कर्फ्यु आदेश १२ घण्टाका लागि हटाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर हिन्दु मुस्लिम समुदायबीच उत्पन्न विवादका कारण १६ गतेदेखि जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको थियो...

काठमाडौँबाट साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

काठमाडौं । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । बुधबार राति सवा ११ बजे काठमाडौँबाट पाकिस्तानको कराँची पुगेको विमान फर्किएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय...

२९ असोजभित्र महासमिति सदस्य चयन गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ । १४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ सम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने...

ट्रकको ठक्करबाट २ बालकको ज्यान गएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

काठमाडौं । ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका(२ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको थियो ।जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक...

कांग्रेस सभापति देउवा अस्वस्थ, भेटघाट बन्द

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन्। उनले भने, ‘तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ...

जिल्ला अस्पताल स्याङ्जाबाट ३९  हजार भन्दा धेरैले लिए सेवा

स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जाबाट एक आर्थिक वर्षमा ३९ हजार भन्दा धेरैले स्वास्थ्य सेवा लिएका छन् । आर्थिक वर्ष २०७९÷०८० को अवधिमा अस्पतालबाट ३९ हजार तीन सय ७० जना नागरिकले उपचार सेवा लिएका हुन् । स्वास्थ्य उपचार गर्नेमा ओपिडी तर्फ ३३ हजार एक...