प्रमुख समाचार


आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको कति छ ? ( सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ १० पैसा र बिक्रीदर १६८ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९४ र बिक्रीदर १६८ रुपैयाँ...

क्षेत्री समाज नेपालको चौथो केन्द्रीय महाधिवेशन चैत २५ देखि

पोखरा । क्षेत्री समाज नेपालले चौथो केन्द्रीय महाधिवेशन गर्ने भएको छ । यहि चैत २५ र २६ गते दुई दिन कन्द्रीय महाधिवेशन गर्न लागेको क्षेत्री समाज नेपालले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । महाधिवेशन तनहुँको दमौलिमा आयोजना गरिने क्षेत्री...

आज अप्रिल फुल्स डे : एक अर्कालाई मूर्ख बनाउने चलन यसरी सुरु भएको थियो

काठमाडौँ । आज अप्रिल फस्ट । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किम्बदन्तीअनुसार...

‘मानव बेचविखनको स्वरुप फेरिएको छ, अवस्था उस्तै छ’

पोखरा । सरोकारवालाहरुले गण्डकी प्रदेशमा मानव बेचविखनको स्वरुप फेरिएको बताएका छन् । पोखरा थिएटरमा आइतबार भएको ‘गण्डकी प्रदेशमा मानव वेचविखनको अवस्था र स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले अहिले गण्डकीमा मानव बेचविखनको स्वरुप फेरिएपनि...

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दीपक मनाङेद्धारा आफ्नै सवारी साधनबाट ट्रायल दिने ब्यवस्था मिलाउन निर्देशन

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै सवारी साधनले ट्रायल दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मन्त्रालय सम्हालेको १२ दिनको दिन मन्त्री मनाङेले मन्त्रालयको आयोजनामा आईतबार पोखरामा...

इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै

काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज एक र्‍यालीको आयोजना गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको छ । इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको...

साताको पहिलो दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार आज डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३१ पैसा...

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले...

पोखरा–४ मा आँखा स्वास्थ्य शिविर, २९० जनाले लिए लाभ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–४ मा निशुल्क आँखा स्वास्थ्य सिविर सम्पन्न भएको छ । आँखा शिविरमा २९० जनाले लाभ लिएका सहरी स्वास्थ्य केन्द्र पोखरा–४ का प्रमुख सुजन पौडेलले जानकारी दिए । उनका अनुसार शिविरमा आएका वडावासी मध्य १० जनाको सल्यक्रिया...