प्रमुख समाचार


रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन पनि निर्देशन दिए...

कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ देखि हुने

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको हो । वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिने बोर्डले जनाएको छ ।परीक्षा...

तरुण दलले २९ फागुनसम्म सदस्यता वितरण गरिसक्ने

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलले २९ फागुनसम्म सङ्गठनको पूर्णकालीन सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ । बुधवार बसेको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकले २९ फागुनसम्म सदस्यता वितरण गरिसक्ने निर्णय गरेको अध्यक्ष विद्वान...

माओवादीले पेरिसडाँडामा मनायो ३० औँ जनयुद्ध दिवस

काठमाडौँ। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले जनयुद्ध दिवसको अवसरमा बिहीबार केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । वि.सं. २०५२ फागुन १ गतेबाट सुरु...

कास्कीमा एक महिनामा समातिए १५३ जना फरार प्रतिवादी

पोखरा । विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १५३ जना जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त शर्माका अनुसार एक महिनाको अवधिमा ती फरार प्रतिवादीलाई पक्राउ...

प्रहरीमाथि जाइलाग्ने जोकोहीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक...

इजरायलमा केयरगिभर पठाउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन लागिएको स्वास्थ्य सहायक (केयरगिभर) को प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अहिले करार सम्झौता गर्ने काम भइरहेको वैदेशिक रोजगार विभागले जनाएको हो । विभागको इजरायलरजापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले...

एमाले निकट युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ । युवा सङ्घका महासचिव सुमन पुरीले आज मातहतका जिल्ला कमिटीलाई यही माघ १३ गते बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय जानकारी...

छविलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग

रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा थुनामा पठाउने जिल्ला अदालत रुपेन्देहीको आदेशको कैफियत प्रतिवेदन माग भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो। आफूलाई...