प्रमुख समाचार


उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत...

काठमाडौंमा मनाए थारु महिलालेसमाचकेवा पर्व

काठमाडौं । थारु समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार ‘थारू भसा साहित्य केन्द्र नेपाल’ले आयोजनामा थारु समुदायका महिलाहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् । थारु समुदायका दिदी–बहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व...

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका...

एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी

पोखरा । पोखराको रामबजारमा रहेको एसओएस हर्मन माइनर स्कुलमा बृहत विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबद्धारा आयोजित उक्त प्रदर्शनीको गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका...

कास्कीमा कात्तिक महिनामा ४८ फरार प्रतिवादी पक्राउ

पोखरा । कास्की प्रहरीले कात्तिक महिनामा विभिन्न मुद्धामा अदालतबाट फैसला भइ कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ४८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्धामा फरार रहेका ३६ जना पुरुष र १२ जना महिलालाई पक्राउ गरी फैसला...

क्यानले पहिलो पटक महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार रुपैयाँ पुरस्कार दिदैँ

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक यु–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । टिममा समावेश अफिसियलहरूलाई भने जनही रु एक लाख ५० हजार पुरस्कारबाट...

नेपालका लागि फ्रान्सका राजदूत र पोखराका मेयर आचार्यबीच भेटवार्ता

पोखरा । नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच आज भेटवार्ता भएको छ । पहिलो पटक पोखरा आउनुभएकी राजदूत कार्टेभाल र नगरप्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको हो । अन्नपूर्ण हिमाल आरोहणको...

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’: दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार

काठमाडौँ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार कार्य गरिएको छ । उद्धार हुनेहरुमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये...

राष्ट्रपति पौडेल अजरबैजानबाट स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन् । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको...