कोरोना अपडेट : थपिए ८८८ संक्रमित, १ संक्रमितले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा...

ओली–त्रिपाठीबीच चुनावी गठबन्धनबारे छलफल

काठमाडौं । संघीय र प्रदेशको चुनावको मिति तोकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी तालमेलका लागि दौडधुप गर्न थालेका छन् । आज ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा...

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

काठमाडौं । इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । इजरायलले यसपाली कृषि कामका लागि थप एक हजार कामदार लैजाने भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसअघि इजरायलले केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगिसकेको छ...

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु गर्ने तयारी भएको छ । आगामी असोज ११ गते हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको हो। बन्द प्रशिक्षणका...

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिला जनप्रतिनिधिहरु जनसेवामा समर्पित हुँदै आयआर्जनसंग जोडिनु पर्ने बताएकी छिन् । नवलपुर जिल्लास्थित मध्यविन्दु नगरपालिकाद्धारा आयोजित महिला जनप्रतिनिधिसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिकरुपमा...

आमा बन्दै अभिनेत्री श्वेता खड्का

काठमाडौं । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको खड्काले जनाएकी छिन् । गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम...

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

काठमाडौं। नेपालस्थित भारतीय दूतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर...

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । भुवन केसी विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदैछ । चलचित्र विकास बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै केसी विरुद्ध रिट दायर भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना...

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

काठमाडौं । सुडानमा भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढी र पहिरोमा परि आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीेले बताएको छ। त्यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान...