सरकारले त्रिविमा गुण्डागर्दी सिकायो : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरूमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै विश्वविद्यालयमा यसरी प्राध्यापकहरूमाथि आक्रमण हुनुले तथा अराजकता मौलाउनुले...

प्रतिनिधि सभामा सत्य निरुपणसम्बन्धी विधेयक पेश

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेश भएको छ। बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्...

ओलीसंग रबिन्द्र मिश्रको अढाई घन्टा लामो भेटघाट

काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आईतबार साँझ ओली निवास बालकोटमा भएको भेटवार्तामा करि अढाई घण्टा छलफल भएको मिश्रले जानकारी गराएका छन् । भेटवार्ताका क्रममा आसन्न निर्वाचन,...

एक लाख १५ हजार म्यादी भर्ना गर्न अर्थमन्त्रालयको सहमति

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको अर्थ मन्त्रालय स्रोतले बतायो । प्रतिनिधिसभा र प्रदेशसभा...

राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा रायमाझी

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका हुन् । कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम रायमाझी...

कर्णालीमा माओवादीका दुई मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयका अनुसार...

विमानस्थलबाट सुनसहित १ जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिव ५५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया...

प्रधानमन्त्री देउवासहितका काँग्रेस नेताले राष्ट्रपतिसँग भेटवार्ता गर्दै

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री समेत रहका कांग्रेस सभापति शेरबहादुर देउवा सहितका पदाधिकारीहरुले सोमबार दिउँसो २ बजे राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीका...

कास्की कांग्रेस : क्षेत्रनम्बर १ ‘क’ मा प्रत्यक्षमा ८ र समानुपातिकमा १२ आकांक्षी (नामावली सहित)

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्रनम्बर १ 'क' मा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ८ जनाले नाम टिपाएका छन् । पार्टीले मंसिर ४ गते हुने प्रदेश निर्वाचनका लागि आज आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेको थियो । उम्मेदवार बन्न आकांक्षा देखाउनेमा...