कसैको डर, धम्की र प्रलोभनमा नपरी मतदान गर्नुस : आयोग

काठमाडौं । निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै...

१० करोडको लागतमा सुरुभयो ‘पोम्स पेन्टहाउस’

पोखरा । पोखरामा लक्जरी अपार्टमेन्ट ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा आएको छ । लामो वा छोटो समय बस्नका लागि आउने पर्यटकलाई लक्षित गर्दै युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले उक्त अपार्टमेन्ट सञ्चालनमा ल्याएका हुन् । समूहमा आउने र परिवारसहित आउने दुबै प्रकारका...

मन्त्रीबाट बर्खास्त भएका कुमार खड्काले पत्रकार सम्मेलन गदैँ

पोखरा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रीबाट बर्खास्त भएका कांग्रेस नेता कुमार खड्काले पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले बिहिबार पोखराको एक होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । खड्कालाई आफ्नै पार्टीका...

सिलिंगेमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउँछौं : दीपक कोइराला

पोखरा । साबिक लेखनाथ नगरबासीले अहिले पनि कता कता पहिचान गुमे जस्तो लागिरहन्छ । पोखरा महानगरभित्रै परे पनि पोखराभन्दा फरक भएको मनोविज्ञान छँदै छ । यस्तो मनोविज्ञान विकासका पूर्वाधार र राजनीतिक नेतत्वले मात्र हटाउन सक्छ । यसका लागि पहल गर्ने माओवादी नेता...

घरमा आगो लाग्दा जलेर १ को ज्यान गयो

भक्तपुर । भक्तपुरमा एक कच्ची घरमा आगलागी हुदाँ एकको ज्यान गएको छ । मध्यपुरथिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीनतले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको ज्यान गएको छ भने एक घाइते भएका छन्...

सुरक्षा व्यवस्था चुस्त छ , निर्धक्क भइ मतदान गर्नुस : गृह मन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको बताएको छ। गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध...

‘अबको लडाई गरिवीको अन्त्य गर्ने हो’: मनबहादुर गुरूङ

पोखरा। नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई...

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार’ : एमाले उम्मेदवार भट्टराई

पोखरा। नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसार कार्यक्रमको अवसरमा मंगलवार पोखरा १६ मा भएको घरदैलो कार्यक्रममा...

आफ्नो क्षेत्रको सहरी बस्तीलाई व्यवस्थित गर्ने भण्डारीको प्रतिवद्धता

पोखरा । आसन्न निर्वाचन अन्तर्गत पाँच दलिय गठबन्धन कास्की ३(१)का उम्मेदवार दुर्गादत्त भण्डारीले पोखरा महानगरपालिका भित्र आफ्नो क्षेत्रमा पर्ने सहरी वस्ती व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् । मंगलवार पोखरा २ मा चुनावी घरदैलो गर्दै माओवादी नेता समेत...