गगनले भने, ‘चुनावमा एमालेलाइ कुचोले बढार्ने हो, कुनाकाप्चा अड्किएका धुलोलाई भ्याकुम लगाउने हो’

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई कुचोले बढार्ने अभिव्यक्ति दिएका छन् । नेकपा एमाले अध्यक्ष ओलीले आफूहरुले नै चुनाव जित्ने र पहिलो पार्टी आफुहरु नै नरहेको दाबी गरिरहेको बेला थापाले सबै तहमा...

‘म्याच फिक्सिङ’ गरेरै भए पनि प्रचण्ड र माधवको सेखी झार्ने तयारीमा ओली

 अर्ली इलेक्सनको तयारीमा जुटेका नेकपा एमाले अध्यक्ष ओलीले जुनसुकै हालतमा पनि एमाले बहुमत ल्याई छाड्ने दाबी गर्दै आएका छन् । आफ्नो पार्टी नेतृत्वको सबै सरकार ढलेपनि एमाले नै पहिलो पार्टी दाबी गर्दै आएका ओलीले अब हुने चुनावमा पनि एमालेले नै बहुमत ल्याउने...

जाजरकोटमा ट्याक्टर दुर्घटनाः तीन जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुदाँ तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ​ नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया...

आज यम पञ्चकको दोस्रो दिन, काग र कुकुर तिहार

पोखरा । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज काग र कुकुरलाई पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले...

एमाले पोखरा २० मा निर्वाचितले लिए सपथ

पोखरा  । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर २० का नव निर्वाचित कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । निर्वाचन मण्डलको संयोजक...

रुपमा विद्यालय प्रअसंग अन्तरक्रीया: कोभिड–१९ को जोखिम र विद्यालय संचालनको अवस्था वारे छलफल

पोखरा । रुपा गाउँपालिकामा सामुदायीक विद्यालयका प्रधानाध्यापकसंगको (प्रअ) अन्तरक्रीया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कोभिड–१९ को महामारिमा विद्यालय संचालनको अनुभव, हाल विद्यालय संचालनको अवस्था र आगमाी दिनको शैक्षिक गतिबिधि वारे कार्यक्रममा छलफल भएको...

मुख्यमन्त्री राईद्धारा सपथ : मन्त्रिपरिषद् पनि विस्तार

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनलाई पद तथा गोपनीयताको सपथ गराए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा थप पाँच मन्त्री नियुक्त गरिएको छ...

प्रम देउवा र मोदीबीच ग्लास्गोमा भेट

ग्लास्गो । स्कटल्याण्ड रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले...