कांग्रेस पोखरा महानगर कार्यालयमा सदस्यले नै लगाए ताला

पोखरा । नेपाली कांग्रेस पाखरा महानगरपालिका कार्यालयमा नगर सदस्यले नै ताला लगाएका छन् । महानगर समितिले जिल्ला समितिमा ताला लगाउनुको औचित्य नरहेको भन्दै नगर सदस्य राजन श्रेष्ठले महानगर कार्यालयमा ताला लगाएका हुन् । उनले ध्यानाकर्षण पत्र कार्यालयको ठोकामा...

सिन्धुलीमा पहरीमाथि प्रदर्शनकारीको ढुंगामुढा : ११ प्रहरी घाइते

सिन्धुली । बोलेरोको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि बीपी राजमार्ग स्थितको क्षेत्र तनावग्रस्त बनेको छ । पैदल यात्रीको मृत्युपछि स्थानीयले अवरुद्ध पारेको बीपी राजमार्ग खुलाउन गएका प्रहरीमाथि प्रर्दशनकारीले ढुंगामुढा प्रहार गरेका छन् । बन्दकर्ताहरुको...

कानुन नबनाई ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कानुन नबनाई ढुंगा, गिटी र बालुवा निकासी नगर्न सरकारलाई आदेश दिएको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा गिटी, ढुंगा, बालुवा निकासी गर्ने व्यवस्था राखेपछि त्यसको विरोधमा अधिवक्ता शैलेन्द्र अम्बेडकरसमेतले...

गठबन्धनबीच महानगर र उपमहानगरको भागबन्डा टुंगियो

काठमाडौं । सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेको छ । बुधबार ६ महानगर र ११ उपहानगर पालिको भागबन्डाको टुंगो लागेको हो । सहमतिअनुसार ६ मध्ये तीन वटा महानगर नेपाली कांग्रेसले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी...

गणेशमान सिंह रोड रेस वैशाख १७ गते : विजेतालाई ६० हजार

काठमाडौं । गणेशमान सिंह १० किलोमिटर रोड रेसको तेस्रो संस्करण यही वैशाख १७ गते हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले सो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा १० किलोमिटर रोड रेससँगै पाँच किलोमिटर दौड पनि हुने आयोजकले जनाएको छ । पाँच...

तीन दलसँग चुनावी तालमेल गर्न एमालेको तल्ला निकायलाई निर्देशन

नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशन दिएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । एमालेले स्थानीय...

डब्लुएचओका महानिर्देशक भोली नेपाल आउँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वैशाख ८ देखि १० गतेसम्म उनले...

हेटौंडामा मेयर नपाए एक्लै लड्ने कांग्रेसको चेतावनी

काठमाडौं । हेटौंडामा कांग्रेसले मेयर पद नपाए एक्लै उम्मेदवारी दिने चेतावनी दिएको छ । स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमति भएको जनाइएको छ । सो सहमतीप्रति नेपाली कांग्रेसको नगर...

राप्रपाको घोषणा पत्र : सुत्केरीलाई भत्ता, ५० प्रतिशतसम्म कर कटौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । राप्रपाले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि बुधबार ४ पेज लामो घोषणा पत्रमा सार्वजनिक गरेको हो । घोषणा पत्रमा राप्रपाले सुशासन, शिक्षा,...