पोखरा ।
काठमाडौंमा एक चिनियाँ नागरिक स्रोत नखुलेको ठुलो नेपाली रकमसहित पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका बौद्धस्थित नयाँ बस्तीमा कोठा भाडामा लिई बसीरहेको चिनियाँ नागरिक वाङ जियन हिजो असार २३ गते राति १० बजे पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।

पासपोर्ट नम्बर EG2216171 भएका वर्ष ४० का वाङको साथबाट एक करोड चवालीस लाख नगद बरामद गरेको प्रहरीले बताएको छ । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














