रास्वपाद्धारा आज पनि संसद बैठक बहिस्कार

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम छानबिन गर्न संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग नबनाएको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको हो ।

बैठकमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले आफूहरूले उठाएको संवेदनशील विषयमा सरकार अनदेखा गरेको भन्दै बैठक बहिस्कार गर्ने निर्णय गरेको बताइन् । उनले बोलिसकेपछि रास्वपा सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिएका छन् ।

  • २४ असार २०८२, मंगलवार १३:३० प्रकाशित