यातायात क्षेत्र व्यवस्थित बनाउँछौं : भौतिकमन्त्री दाहाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र व्यवस्थित बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका–७ मा नेपाल टिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दैै उनले नीतिगत सुधारदेखि कार्यान्वयनमा ध्यान दिइएको उनले बताए ।

सवारीसाधनलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइसाथ लागु गरिने समेत उनले बताए ।नेपाली सडक तथा संरचनाको दिगो उपयोगका लागि भारबहन क्षमता कडाइसाथ लागु गर्न आवश्यक रहेको उनले बताए । अधिक भारका मालवाहक सवारीसाधनका कारण नेपालका पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गरिने बताए ।

उनले नेपालका सडक, पुल लगायत संरचना संरक्षण सबैको दायित्व रहेको पनि उल्लेख गरे ।

  • २० असार २०८२, शुक्रबार १५:०१ प्रकाशित