पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमणमा जादैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने भएका छन् ।

चीनमा आयोजना भएको वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभको सम्मेलनमा भाग लिन नेता खनाल आइतबार त्यसतर्फ जान लागेका हुन् ।

खनाल ६ दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको उनी निकट स्रोतले जनाएको छ ।

  • २० असार २०८२, शुक्रबार १३:०५ प्रकाशित